बझाङमा अझै बालबिबाह बढ्दै, न्युनिकरण हुन सकेन !
बझाङ ; बझाङमा अझैपनि बालबिबाह न्युनिकरण हुन सकेको छैन् । पछिल्लो समय वालविवाह सम्बन्धि विभिन्न संघसंस्थाहरुले जनचेतनामुलक कार्यक्रम गरीरहेका भएपनि बझाङमा बालबिबाह न्युनिकरण हुनु भन्दा बढ्दै गइरहेको देखिएको छ । बालबिबाहकै कारण समाजमा मातृ मृत्युदर,महिला हिंसा लगाएत घटनाहरु समेत बढीरहेका छन् । मंगलबारमात्रै जिल्लामा पछिल्लो समय बढ्दै गएको बालविवाहलाई मध्यनजर गर्दै बालबिबाह निर्मुल गरौँ, कुरीतिको अन्त्य गरौँ भन्ने नारा सहित बिभिन्न सरोकारबाला सँगको साझेदारीमा बालबिबाह बिरुद्धको अन्तरक्रिया कार्यक्रम गरीएको छ ।
जिल्ला प्रशासन कार्यालय बझाङको आयोजना र सामाजिक बिकास कार्यालय बझाङको सह आयोजनामा बाल बिबाह बिरुद्धको अन्र्तरक्रिया कार्यक्रम गरीएको थियो । उक्त कार्यक्रममा २०६८ सालको जनगणनाको तुलनामा २०७८ सालमा बझाङमा बालबिबाह गर्नेको सँख्या बढेको तथ्याङक सार्वजनिक भएको छ । तर जिल्ला प्रहरी कार्यालयको तथ्याङक हेर्दा भने बालबिबाह दर कम देखीएको छ । २०७७७८ देखी ७८ ७९ सम्म जिल्ला प्रहरी कार्यालयमा २ वटा मात्रै बालबिबाह सम्बन्धि मुद्धा दर्ता भएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो । गाउँघरमा बालविवाहका घटनाहरु भैरहेपनि भित्रभित्रै लुकाउने प्रवृतीले बालबिबाह दर कम देखीएको डिएसपि भण्डारीले बताउनुभयो । बालबिवाहलाई न्युनिकरण गर्न स्थानीय तहमा जनचेतना कार्यक्रम सँगै कानुनि प्रक्रियामा जानुपर्ने, बालबिबाह कम गर्न वडा देखी पालिकाहरुले नया ढँगबाट जानुपर्ने र न्यायिक समितीहरुले पनि बालबालिकाको अबस्था बारे अनुगमन गर्नुपर्ने सरोकारवाला हरुको भनाई रहेको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आफु जिल्लामा आए देखी बिबाह गर्ने उमेरका युवायुवतीहरु सम्बन्ध बिच्छेद गर्न आउने समेत गरेकाले बालविािह न्युनिकरणको लागि सबैले समन्वय गरेर पहल चाल्नुपर्ने बताउनुभएको छ कानुनमा २० बर्ष भन्दा कम उमेरमा बिबाह गर्नेलाइ ३ बर्ष जेल र ३० हजार जरीवाना तोकिएको छ ।