नेपाल पत्रकार महासंघ बझाङ शाखाले ६८ ओै स्थापना दिवस मनायो

बझाङ ; नेपाल पत्रकार महासंघ बझाङ शाखाले आज ६८ ओै स्थापना दिवस मनाएकाे छ । जिल्ला समन्वय समितिकाे सभाहलमा स्थापना दिवसकाे अवसरमा व्यवसायीक पत्रकारिता आजकाे आवश्यकता भन्ने बिषयमा शाखाले अन्तकृर्या कार्यत्रम गरेकाे हाे ।

कार्यत्रममा बाेल्दै प्रेसचाैतारी नेपालका केन्द्रीय सदस्य रमेश केसिले सामाजिक संजालका कारण पत्रकारिता ओझेलमा परेकाे बताउनुभयाे । कार्यत्रममा बाेल्दै सामुदायिक रेडियाे प्रसारक संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष जगत खड्काले पत्रकारिताकाे मुल मर्म र भावना अनुसार पत्रकारिता भएनभएकाे समीक्षा गर्न आवश्यक रहेकाे बताउनुभयाे । साथै अध्यक्ष खड्काले माेफसलका पत्रकारहरूलाई पारिश्रमिककाे समस्या भएकाे बताउनुभयाे । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डे पत्रकारिता क्षेत्रलाई बलियाे र दिगाे बनाउन राज्य लागि परेकाे बताउनुभयाे ।

उहाँले पत्रकारहरूले सामाजिक दायित्व बाेध गर्नुपर्नेमा समेत जाेड दिनुभयाे । जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले पत्रकारले आफुले पाउने ज्याला पाउनुपर्छ भन्नेमा आफ्नाे पनि समर्थन रहेकाे बताउनुभयाे । जिल्ला समन्वयसमिति प्रमुख नर बहादुर बाेहराले सदरमुकाम केन्द्रित पत्रकारिता भएकाे आभास भएकाे बताउनुभयाे ।

नेपाल पत्रकार महासंघ बझाङ शाखा अध्यक्ष शैलेन्द्र राेकायाले पत्रकारिता क्षेत्र मर्यादित, व्यवस्थित हुन नसकेकाे बताउनुभयाे । बझाङमा व्यवसायिक पत्रकारिता हुन नसकेकाे उहाँकाे भनाईछ । पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने निश्चित माप्दण्ड नहुँदा पत्रकारिता क्षेत्र धमेलिएकाे बताउनुभयाे ।

janahit ma jari sandesh
Masta R.M
Loading...