बझाङ । सुदूरपश्चिमलाई भारत र चीनसम्म जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माणको काम अलपत्र पारिएको छ। सेती लोकमार्ग अन्तरगत उत्तरी क्षेत्रको काम पाँच महिनादेखि अलपत्र परेको हो। संघीय सरकार मातहतको चैनपुर–ताक्लाकोट योजना कार्यालयले ४५ किलोमिटर नयाँ ट्रयाक निर्माणको ठेक्का तोड्ने प्रक्रिया थालेको छ।
निर्माणको ठेक्का पाएको नागार्जुन निर्माण सेवाले सडक निर्माणको काम अलपत्र पारेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको हो । नयाँ ट्रयाक निर्माणको काम ठप्प भएपछि चालु आर्थिक वर्षमा विनियोजन भएको ३० करोडमा २ करोड मात्र प्रगति देखिएको छ । पुरानो काम अलपत्र परेका बेला योजना कार्यालय नयाँ कालोपत्रको ठेक्काको प्रक्रियामा छ।सेती लोकमार्ग अन्तर्गत बझाङको चैनपुर–ताक्लाकोट सडकको ४५ किलोमिटर ट्रयाक निर्माण गर्न २०७४ को मंसिरबाट काम सुरु भएको थियो । चैनपुरदेखि चीनको सिमाना ताक्लाकोटसम्म एक सय १७ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार छ।
४५ किलोमिटरको मात्र नयाँ ट्रयाक निर्माण गर्न ८५ करोडमा सम्झौता गरिएको हो। तर गत मंसिरदेखि सडक निर्माणको काम अलपत्र छ। सडक निर्माणको काम पाँच महिनादेखि अलपत्र परेपछि ठेक्का तोड्ने प्रक्रिया थालिएको छ। चैनपुर–ताक्लाकोट सडक योजना कार्यालयका प्रमुख, इन्जिनियर पंकजसिँह धामीकैलालीको बौनियाँबाट सुरु भएको सेती लोकमार्ग डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर चीनको स्वशासित क्षेत्र ताक्लाकोट जोडिने नेपालको सबैभन्दा छोटो सडक मार्ग हो। सेती लोकमार्गको उत्तरीखण्ड बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको सिमाना उरैभञ्ज्याङसम्म एक सय १७ किलोमिटर लम्बाइ छ। ४५ किलोमिटरको ट्रयाक निर्माणको ठेक्का भएपनि ४० किलोमिटरको मात्र काम पूरा भएको छ।
गत भदौसम्म काम पूरा गर्नुपर्नेमा असारसम्मका लागि समय थप भएको छ।चैनपुरदेखि धुलीसम्म सडक निर्माणका लागि दुईवटा प्याकेजमा राजेन्द्र निर्माण सेवा र स्वच्छन्द बानियाँ नागार्जुन निर्माण सेवा जेभीले काम गर्दैछन्। तर सडक निर्माणको काम नभएकाले चालु आर्थिक वर्षमा विनियोजन भएको ३० करोडमा २ करोड मात्र खर्च भएको छ। सडक निर्माणको ठेक्का पाएको स्वच्छन्द–बानिया–नार्गाजुन जेभीले काम नगरेपछि तोड्ने प्रक्रिया सुरु भएको छ।
सडक निर्माण गर्न समय पूरा हुँदा पनि ७० प्रतिशत मात्र भौतिक प्रगति भएको हो।चालु आर्थिक वर्षमा विनियोजन भएको ३० करोड खर्च नहुने देखिएपछि योजना कार्यालयले नयाँ ठेक्काको प्रक्रिया सुरु गरेको छ। १६ किलोमिटर सडक कालोपत्र गर्न नयाँ ठेक्काको प्रक्रिया थालिएको हो।