बझाङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनक गरेको ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजामा बझाङका सात स्थानीय तह उच्च अझै उच्च जोखिममा रहेका छन् । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९को वित्तीय सुशासन जोखिम मूल्यांकनमा सात स्थानीय तह उच्च जोखिममा रहेका हुन् ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत् , प्रभावकारी ,वित्त व्यवस्थापनको सम्भावित जोखिम क्षेत्रहरुको पहिचान र लेखाजोखाको आधारमा वित्तीय सुशासन मूल्यांकनको नतिजा सार्वजनिक गरीएको हो । योजना तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ,लेखाङ्कन तथा प्रतिवेदन,अनुगमन तथा लेखा परिक्षण र राजस्व व्यवस्थापनमा जिल्लाका १२ स्थानित तह मध्य मष्टा गाउँपालिकाले ,सबै भन्दा बढी ५७.५ अंक निकाल्दै प्रथम भएको छ भने जयपृथ्वी नगरपालिका ४६ अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ ।
दुर्गाथली गाउँपालिका ४५.५ अंक प्राप्त गर्दै तेस्रो भएको जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहराले जानकारी दिनुभयो । मुल्याङ्कनमा सैपाल गाउँपालिकाले ४४ अंक ,केदारस्युँ गाउँपालिकाले ४२.५ अंग प्राप्त गरी मध्यम जोखीमको सुचिमा रहेका छन् भने तलकोटले ३९ ,खप्तडछान्नाले ३७.५ ,बित्थडचिरले ३७ ,थलराले ३४.५,बुंगल नगरपालिकाले २८.५ छविस गाउँपालिकाले २७ र सुर्मा गाउपालिकाले २३ अंक प्राप्त गर्दैै वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजामा उच्च जोखिममा रहेका छन् ।
जोखिम मूल्यांकनका आधारहरुमा स्थानीय तहको कार्य प्रकृया, नतिजा र वित्तीय अनुशासनलाई मुख्य सूचक मानिएको छ ।