केदारस्युँ गाउँपालिकामा कार्यालय समय सुरु हुनु अघि राष्ट्रिय गान

 सुरेश धामी बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले चैत्र ८ गते बुधबार आजदेखि कार्यालय समय सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो ।

प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व पोसाकमा सजिएर राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी उक्त कार्यको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताउनु भयो । ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने,राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएका छन ।

Bungal Purai
Bithadchir 2
Loading...