बैतडीमा एक पुरुष मृत फेला

बैतडी:  बैतडीमा ५२ वर्षीय एक पुरुष मृत फेला परेका छन् । दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नगारी  मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी आज बिहान मृत अवस्थामा फेला परेका  हुन् ।

आफन्त कन्चनपुरमा रहेकाले आफन्तपुगेपछि मात्रै शव उठाउने कार्य गरिने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

Loading...