बझाङ ; त्रिबेणी आदर्श बहुमुखी क्याम्पसको प्रसासनमा फेरी ताला लगाइएको छ। क्याम्पस प्रसासनले मनोमानी ढंगले कुनै पनि छलफल बिना निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै फेरी क्याम्पस प्रसासनमा ताला लगाइएको एमाले निकट अनेरास्ववियु बुंगल नगरकमीटी अध्यक्ष संन्देश धामीले बताए ।
क्याम्पस प्रसासनले व्यक्तिगत कुनै आमुक संगठनको पेवाको भुमिका निर्वाहगरी आफुहरुले दिएको निवेदन उपर कार्वाही नगरी पटक पटक आफैले निर्वाचन स्थिगित गरेको पनि एमाले निकट अनेरास्ववियु , समाजवादी निकट अनेरास्ववियू र विप्लव निकट अखिल क्रान्तीकारीका विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । संगठनहरुले आज सोमबार संयुक्त विज्ञप्ती निकाल्दै निर्वाचन स्थगितको समेत माग गरेका छन् । क्याम्पले विद्यार्थी भर्ना मिती फागुन ५ गते भन्दा बाहिर गइ केही गैरकानुनी बिद्यार्थीको समेत मतदाता नामावलीमा नाम समावेश गरेको , क्याम्पसमा अध्यनरथ विद्यार्थीलाई क्याम्पस संञ्चालक समितीको पदाधिकारीमा समावेश गरीएको , उक्त विद्यार्थीहरुको नाममा विवाद आउने देखेर मतदाता नमावलीमा नाम समावेश नगरेको , पुर्व विएड दोस्रो र तेस्रो वर्षमा अध्यनरथ विद्यार्थीको नाम पुर्व सुचना विनानै नामावली बाट हटाइएको , फागुन ५ गते पछि शैक्षिक योग्यताका प्रमाण पत्र र रसिद बिनानै विद्यार्थी भर्नागरी मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै आपत्ती जनाएका छन् । उक्त समास्याको छलफलबाट समाधान नगरी छानविन विना अहिलेकै अवस्थामा चुनाव सम्भव नभएकाले तल्काल चुनाव स्थगित गराई क्याम्पस प्रसासनले गरेका कमजोरीको सुधार गरी स्वस्छ प्रतिसप्रधाको वातावारण नभए सम्म आफुहरुले निर्वाचनमा भाग नलिने पनि संगठनहरुले बताएका छन ।
यस अघि पनि क्याम्पसले मनोमानी सर्वदलिय बैठेकको निर्णय विना नामावली उपर दावि विरोधको निवेदनलाई समेत मत्लब नगरी आफ्नो ढंगले विद्यार्थी संगठनको सहमती विरुद्ध नामावली प्रकाशन गरेको भन्दै गत बिहीबार चार वटा विद्यार्थी संगठनहरुले विभिन्न माग सहित संयुक्त रुपमा विज्ञप्ती निकाल्दै ताला लगाएका थिए । तर विद्यार्थीहरुको पढाई प्रभावित भएको गुनासो आएपछि ताला खोलेको थियो । फेरी क्याम्पसले आफ्ना माघहरुको वेवास्था गरी निर्वाचन गर्न खोजेको भन्दै आज ताला लगाइएको हो ।