बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष भट्टमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा सोहि पालिकाका दीपकबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
चन्दले मदिरा सेवन गरेर बिहीवार कार्यकक्षमा आएर आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीलले जानकारी दिए । चन्दलाई शक्रबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लगि समातेको र उनी अहिले इलाका प्रहरीकार्यालय पाटनको नियन्त्रणमा रहेका उनले बताए ।
गाउँपालिकामा विद्युत विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेको उपाध्यक्ष भट्टको भनाई छ ।