स्ववियु चुनावका लागि जयपृथ्वी क्याम्पसमा अनेरास्ववियुको संगठन दर्ता

बझाङ ; स्ववियु चुनावका लागि जयपृथ्वी क्याम्पसमा अनेरास्ववियुको संगठन दर्ता नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्ववियु चुनावका लागि सुदूरपश्चिम विश्वविद्यालयको अन्र्तगतको जयपृथ्वी क्यामपसमा संगठन दर्ता गरेको छ । अनेरास्ववियुका बझाङ जिल्ला अध्यक्ष दिल बहादुर खातीको नेतृत्वमा नेतृत्वमा गएका विद्यार्थीहरुले शुक्रबार स्ववियु निर्वाचन समितिको कार्यालयमा संगठन दर्ता गरेको हो ।

प्रत्यक्ष र समानुपातिक दुबैतर्फको निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि संगठन दर्ता गरिएको क्याम्पस कमिटीका अध्यक्ष सत्यराज सिंहले जानकारी दिए । चैत ८ गते हुने स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २६ मा संघ संगठन दर्ता, २८ गते मतदाता सूची प्रकाशन र दाबी विरोधको मिति तोकेको छ । यस्तै, २९ गते अन्तिम मतदाता नामावली प्रकाशन, ३० गते उम्मेदवारका लागि मनोनयन वितरण गरिनेछ। चैत १ मा उम्मेदवारको मनोनयन दर्ता गरिने कार्यक्रम छ । चैत २ मा उम्मेदवारको नामावलीमा दाबी, विरोध र त्यसमा छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ३ गते उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ । चैत ८ गते बिहान ८ देखि ४ बजेसम्म मतदानको कार्यतालिका छ। सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो । पहिलो पटक हुन लागेको निर्वाचन प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीमा हुन लागेको छ । २०६६ मा विश्वविद्यालय स्थापना भएको थियो ।

विश्वविद्यालयको कानुन संकायका डिन कर्ण थापाका अनुसार निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीमा हुनेछ । सभापति, सचिव र कोषाध्यक्षको निर्वाचन प्रत्यक्ष हुनेछ । उपसभापति, सहसचिव र सदस्यहरू समानुपातिक प्रणालीबाट आउनेछन । डिन थापाका अनुसार स्ववियुको कार्यसमिति विद्यार्थी संख्याको आधारमा ११ देखि १५ सदस्यीय हुनेछ । सदस्यहरू आधा प्रत्यक्ष र आधा समानुपातिक निर्वाचन प्रणालीबाट छनौट हुनेछन् । कार्यसमितिमा बहुमत प्राप्त संघ, संगठनले निर्वाचित सदस्यमध्येबाटै उपसभापति र सहसचिव चयन गर्ने कार्यविधि रहेको उनले बताए । प्रत्यक्ष र समानुपातिक दुवैका लागि एउटै निर्वाचन कार्यतालिका छ। केन्द्रीय क्याम्पस र आंगिक गरी १५ वटा क्याम्पसमा एकै दिन निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए । उनका अनुसार विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा १७ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

Hohel Kananga
Loading...