बझाङमा खानापकाउने ग्यासको अभाव देखियो

Image

बझाङ –  बझाङमा खानापकाउने एलपि ग्यासको अभाव देखिएको छ । लगातारको बर्षा संगै आएको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भए पछि यातायातका साधन चल्न सकेका छैनन । यातायातका साधन चल्न नसक्दा बजारमा दैनिक प्रयोग हुने एलपिजी ग्यासको अभाव देखिएको छ । सर्वसाधारणको प्रत्यक्ष जनजीवनसँग जोडिएको दैनिक उपभोग्य वस्तु ग्यास लगायत अन्य खाद्यान्नको पनि अभाव देखिएको छ । एकातिर कोरोनाको सन्त्रास र अर्कोतर्फ दैनिक उपभोग्य वस्तुहरुको समेत बजारमा चरम अभाव हुँदा सर्वसाधारणहरु मार्कामा परे छन् ।

कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै सरकारले लकाउन गरे पनि खाद्यान्न तथा अत्यावस्यक सामान बोक्ने यातायातका साधन चलिरहेका थिए । पहिरोले राजमार्ग बन्द भए पछि ग्यास अभाव भएको छ । दुई दिन भयो होटलमा ग्यास सकिएको । बजारमा खोज्दा छैन भन्छन । पहिलेको जसरी दाउरा पनि आउन छोडेको छ । सदरमुकाम चैनपुरमा होटल व्यवसाय गरिरहेका व्यवसायी अमर धामीले गुनासो गरे । उनले भने गाडी चलेका कारण पहिले वास्ता गरिएन । दुई सिलिण्डर थिए सकिए । अव आफ्नै लागी खाना पकाउन पनि समस्या भएको छ । यस्तै अर्का व्यवसायी सुमन बोहराको पनि गुनासो उस्तै छ । ग्यास अभाव हुन थालेको र दाउरा बेच्न पनि नआउने भएका कारण यस्तै अवस्ता रहे होटल नै बन्द गुर्नु पर्ने उनको भनाई छ ।

सेती नदीले बगाएको जयपृथ्वी राजमार्गको जालेबगरमा बाटो बने पनि सुवेडा नजिकै पहिरो जाँदा फेरी सक अवरुद्ध भएको छ । सक अवरुद्ध भएको हप्तौ भइ सक्दा पनि सडक सुचारु हुन सकेको छैन । सडकका विभिन्न ठाँउमा पहिरो जाने गरेको र अवरुद्ध हुदाँ बझाङवासी मार्कामा परेका छन । यस्तै अवस्था रहि रहे केहि दिनमा खाद्यान्न पनि अभाव सिर्जना हुने देखिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्