युएनएफपिएका जिल्ला संयोजक लम्साल सम्मानित

बझाङ ; बझाङको जयपृथ्वी नगरपालिकाले महिला बालबालिका तथा लैङ्गिक हिंसाको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै युएनफपिएका बझाङ जिल्ला संयोजक धन बहादुर लम्साललाई सम्मान गरेको छ । ११३ औ नारी दिवसको अवसरमा लम्साललाई दोसल्ला र प्रमाणपत्र दिएर नगरपालिकाले सम्मान गरेको हो ।

विगत १२ बर्ष देखी जिल्लामा लैङ्गिक हिंसा, हिंसा पीडित महिलाहरुका लागि सुरक्षित आवासगृह सेभहाउस स्थापना गर्नका लागि पहल तथा योगदान गरेको र स्थानिय स्तरका लैङ्गिक निति निर्माणमा सहयोग गरे बाफत लम्साललाई सम्मान गरेको नगरपालिकाले जनाएको छ । लम्साल लामो समय देखि सामाजिक र किशोरकिशोरीका क्षेत्रमा समेत काम काम गर्दै आएका छन् । लम्सालले नगरपालिकाले आफुलाई सम्मान गरेर थप जिम्मेवार बनाएको बताए ।

Loading...