पेशागत महासंघ नेपाल बझाङको अध्यक्षमा सिंह चयन

बझाङ ; बझाङमा नेकपा एमाले समर्थक पेशागत महासंघ जिल्ला समितिको अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न भएको पेशागत महासंघ नेपाल बझाङ जिल्ला समिति अधिवेशनबाट विनोद बहादुर सिंह चयन भएका छन्। आज शुक्रबार भएको तेस्रो जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरीएको सहकर्मी रमेश केसीले बताए ।

बझाङ जिल्लाको पेशागत अभियानलाई थप उचाइमा पुर्याउने दृढ सोच सन्कल्पका साथ काम गर्ने लक्ष्य राखेको र जिल्लाको पेशागत अभियानलाई थप उचाइमा पुर्याउनको लागि आफु र आफ्नो टिमलाई विश्वाश गरेर जिम्मेवारी दिएको हुँदा त्यो जिम्मेवारी बाट आफुहरु कहिले पनि बिचलित नहुने पेशागत महासंघ नेपाल बझाङका निवाचित अध्यक्ष सिंहले बताए । सबैको साथ र सहयोग लाई आत्मसात गर्दै काम गर्ने विश्वास राखेको आफु र आफ्नो टिम सकारात्मक बाटोतर्फ मात्र अग्रसर भएर काम गर्ने, सबैलाई समेटेर आफ्नो टिम ले उत्कृष्ट काम गर्ने प्रतिबद्धता समेत उहााले जाएर गरेका छन्।

Loading...