बझाङ । नेपाल कम्युनिस्ट पार्टी एमालेकी केन्द्रीय सदस्य एवं आशा बिकले पार्टी सुदृढीकरणका लागी मिसन ग्रासरुट कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छन् । केन्द्रमा आरामादायी अवस्थामा रहेका केन्द्रीय नेताहरु यतीखेर देशभरीका ७ सय ५३ वटै स्थानीय तहहरुका प्रत्यक वडा तथा टोलहरुमा पुग्दा पार्टीका आम कार्यकर्ताहरुमा उत्साह छाएको भन्दै मिसन ग्रासरुट अभियानले सार्थकता पाउने विश्वास गरेकी छन् ।
उनले पाटीलार्ई चुस्तदुरुस्त र चलायमान बनाउन पार्टी नेतृत्वको निर्देशन सबैले पालना गर्नुपर्ने र सोही अनुरुप सकृय भएर लाग्नु पर्ने बताएकी छन । नेकपा एमाले बझाङकी सह इन्चार्ज समेत रहेकी बिकले छिमेकी जिल्ला अछामको भौगोलिक अवस्था,विकास निर्माण र राजनितीक अवस्थाको प्रत्यक्ष अवलोकन गर्न पाउनु आफ्नो राजनितीक जीवनको अवसर र सिकाइको रुपमा लिएकी छन् ।
नेकपा एमालेको नेतृत्व गर्दै सत्तासीनमा रहेका व्यक्तीहरुबाटै आम मतदाता र कार्यकर्ताले गुनासो गरिरहेका बेला उनीहरुका गुनासा सम्बोधन गर्न र आवश्यकता परिपूर्ती गर्न मतदाता,कार्यकर्ता र जनप्रतिनिधिहरु लाई संगै राखेर छलफल गरिरहेको नेपाल सरकारकी पूर्व वन तथा वातारण राज्यमन्त्री समेत रहेकी बिकको भनाई छ ।