त्रिबेणी आदर्श बहुमुखी क्याम्पस बिजगडामा ताला

Image

सुरेश धामी , बझाङ ; बुंगल नगरपालिकामा रहेको त्रिबेणी आदर्श बहुमुखी क्याम्पस बिजगडामा ताला लगाइएको छ । क्याम्पसले मनोमानी सर्वदलिय बैठेकको निर्णय विना नामावली उपर दावि विरोधको निवेदनलाई समेत मत्लब नगरी आफ्नो ढंगले विद्यार्थी संगठनको सहमती विरुद्ध नामावली प्रकाशन गरेको भन्दै स्ववियु निर्वाचनमा भाग लिनका लागि संगठन दर्ता गराएका चार वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै ताला लगाएका छन् ।

बिहीबार एमाले निकट अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वव्यु) सामाजवादी निकट अनेरास्ववियु , क्रान्तीकारी अनेरास्ववियु र अनेरास्ववियु क्रन्तिकारी विप्लव ले विभिन्न मागहरु राख्दै ताला लगाएको अनेरास्ववियु नगरकमिटी अध्यक्ष शन्देश धामीले बताए ।

संगठनहरुले मतदाता नामावली त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार प्रकाशन गर्नुपर्ने , कुनैपनि पुर्व सुचना विना विएड दोस्रो बर्ष र तेस्रो वर्षका विद्यार्थीहरुको गैर कानुनी र मापदण्ड विपरीत मतदातामा नाम हटाइएकोले छानविन गरी सम्पुर्ण विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी गराउनसपर्ने , फागुन ५ गतेको त्रिविको निर्णय अक्षरस पालना गर्नुपर्ने , क्याम्पस प्रसासनल विद्यार्थी संगठनलाई सुचना सम्बन्धिको हक बाट वन्चित गरी पुरै क्याम्पसलाई राजनितीक अखडा बनाई अन्य संगठन संग गरेको सीमित व्यवहार लाई सुधार गरीे अहिलेको विव्यस समितिको कार्यकाल परा भएकोले नयाँ निमार्ण समिति गठन गर्नुपर्ने लगाएतका मागहरु अघि सारेका छन । विद्यार्थी संगठनहरुले आफ्ना मागहरु पुरा नभए क्याम्पसमा लगाएको ताला नखोल्ने र थप आन्दोलन गर्ने चेतावनी र्दिका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन