बझाङ ; तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । तलकोट गाउँपालिका वडा नम्बर ५ को दुर्गाभवानी माविको प्राङ्गणमा शुक्रबार बाट शुरु भएको शिविर शनिबार सम्पन्न भएको हो। तलकोट गाउँपालिकाका र गुराँसे कल्याणकारी सेवा समिति रोटरी क्लब अफ नक्साल शक्तिको संयुक्त आयोजनामा उक्त बृहत शिविर सन्चालन भएको हो ।
शिविरबाट विभिन्न प्रकारका पालिका भित्रका ९४० जना बिरामीहरु लाभाम्वि भएको गाउँपालिकाले जनाएको छ । शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ, डेन्टल विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धि रोगका बिरामिहरुको उपचार गरीएको छ ।स्थानीय सरकारको पहलमा पहिलोपटक घर आगनमै विशेषज्ञसहित स्वास्थ्य शिविर ल्याएको भन्दै स्थानीयहरु खुशी भएका छन् । शिविरले तलकोटी जनतालाई थोरै भए पनि राहत भएको र गरिब,दुखी जनताले सहजै सेवा पाएको तलकोट गाउँपालिकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले बताउनु भयो ।