बझाङ ; बझाङमा नेपाल शिक्षक संघको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज शनिबार सम्मपन्न भएको उत्त अधिवेशनबाट संघको जिल्ला अध्यक्षमा पुन जाल्पा माध्यामिक बिद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरीएको छ।
शिक्षकको मार्यादित पेशा विद्यार्थीलाई जीवनउपयोगी शिक्षा ’सन्तुष्ट शिक्षक,युगानुकुल शिक्षा,लोकतन्त्र र सम्बृद्ध हाम्रो प्रतिबद्धता“ नाराका साथ फागुन १२ गते देखी जिल्ला समन्वयको सभाहलमा भएको अधिवेशनले शनिबार अध्यक्षमा मल्ल , उपाध्यक्षमा गगन बहादुर बिष्ट , उपाध्यक्ष महिलामा, शान्ति सिँह ,सचिवमा ज्ञान बहादुर रोकाया सहित अन्य १७ सदस्यीय जिल्ला कार्यसमिती चयन गर्दै भव्य,सव्य र मर्यादित रुपमा सम्पन्न गरीएको संघका सचिव ज्ञान बहादुर रोकायाले जानकारी दिनुभयो । अधिवेसनमा ६ जना प्रदेश महाअधिवेशन प्रतिनिधि र ६ जना सघिय महाअधिवेशन प्रतिनिधि पिन चयन गरीएकाे छ ।