आज काठमाण्डौ सहित केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ – देशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाण्डौ उपत्यकामा पनि दिउँसोपख मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । साथै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, गण्डकी र कणर्ाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली नै रहने अनुमान छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Loading...