बुङ्गल नगरपालिकामा औलो निबारणका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Shivashankar

बझाङः ; बुङ्गल नगरपालिकामा औलो निबारणका लागी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज बुङ्गल नगरपालिकाकोे आयोजना र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरीएको छ । नेपाल आँैलो रणनिती योजना सन २०१४ देखी २०२५ बारे जानकारी दिन ,ज्वरो आएका बिरामीहरुको अन्य रोगको साथै औँलोको पनि परीक्षण गर्ने व्यबस्था गर्ने , आँैलो सर्ने तरीक र बच्ने उपाएको बारेमा जानकारी दिने, औँलो निबारणको लागी स्थानीय तहलाइ जिम्मेवारी बोध गराउने तथा प्रतिबद्ध गराउने उदेश्यले कार्यक्रमको आयोजना हो ।

प्रायजसो यो रोग सङ्क्रमित पोथी एनफिलिज लामखुट्टेका कारणले सर्ने गर्दछ । प्लाज्मोडियम समूहका पाँच प्रजातिहरूले मानिसमा रोगको सङ्क्रमण गराउँछन् भने तिनीहरू एक मानिस हुँदै अन्य मानिसहरूमा पनि सर्न सक्ने भएकाले समयमा नै यसबाट बच्ने उपाए खोज्नुपर्ने बुङ्गल नगरपालिका स्वास्थ्य सँयोजक नरेश कुवरले बताउनुभयो । विश्वभर प्लाज्मोडियम फाल्सिपारमका कारणले सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्याङकले देखाएको छ ।

Hohel Kananga
Loading...