बझाङ ; जिल्ला प्रहरी कार्यालय बझाङले मातहतका प्रहरी इकाइहरुको टेलिफोन नम्बर सार्वजनिक गरेको छ । सेवाग्राहिलाई गुनासो गर्न तथा सेवा लिन सहजहोस भन्ने हेतुले उक्त नम्वरहरु सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
१ जना डिएसपी, १ जना इनिस्पेक्टर तथा सुचना अधिकारी, जिल्ला प्रहरी कार्यालयको कन्टोल रुम, १ वटा वडा प्रहरी कार्यालय, ५ वटा इलाका प्रहरी कार्यालय, १ वटा विमानस्थल सुरक्षा गार्ड, १ वटा कारागार सुरक्षा गार्ड, ८ वटा प्रहरी चौकि, ७ वटा अस्थाइ प्रहरी चौकि, २ वटा प्रहरी बेस, जिल्ला अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय गरी ३१ प्रहरी इकाइको टेलिफोन नम्बर सार्वजनि गरिएको हो
। बुधबार आफ्नो फेसबुक पेजमा जिल्लामा रहेका प्रहरी इकाइको टेलिफोन नम्बर सार्वजनिक गर्दै सेवाग्राहीलाई सहजहुने विश्वास रहेको प्रहरी अधिकारीले बताएका छन् ।