बझाङ। रीड नेपालको आयोजना तथा खप्तडछान्ना गाउँपलिकाको समन्वयमा १० दिने प्रारम्भिक बालविकास शिक्षक तालिम ईश्वर आधारभूत विद्यालय घाटखाेलामा सम्पन्न भएको छ । रीड नेपालका फिल्ड प्रबन्धक देबराज खत्रीको अध्यक्षता तथा पुर्ब गाउँपालिका तथा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष बर्क बहादुर रोकायाको प्रमुख आतिथ्यतामा कार्यक्रम आज बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै रोकायाले प्रारम्भिक बालविकास सिकाइको जग भएकोले सिकेका सिपलाइ अनिवार्य कक्षाकाेठामा लागू गर्नु पर्ने र प्रभावकारि कार्यनयन गर्न अनुगमनको लागी रीड नेपाल र गाउँपालिकालाई अनुरोध गर्नु भयो।कार्यक्रमका बिशिष्ठ अतिथि निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सोतीले तालिममा सिकेका सिपलाई कक्षा कोठामा लागू गर्नुकासाथै बालकक्षाको पठनपाठन समय अबधि भर सहजकर्ताले कक्षा सञ्चालन गर्न अनुरोध गर्दै तेहि अनुसार विद्यालयमा पत्रचार भैसकेको जानकारी गाराउनु भयो ।कार्यक्रमका अथिती गाउँपलिका वडा न. ४का अध्यक्ष ईश्वर बहादुर रोकायाले सबै सहभागीले तालिममा सिकाइ सीप सिक्नु भएकोले बालविकासको सिकाइमा परिवर्तन आउने बिश्वास राख्दै सबै विद्यालयमा बालविकास सहजकर्ताको ब्यबस्थापनको लागी पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा बोल्दै विद्यालयका प्र अ ललित कठायतले सिकेका सिपलाइ कक्षाकोठामा पुर्याउन सबैलाई अनुरोध गर्नु भयो
तालिम समापनमा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीले तपाईहरुको सिकाइको लगनशीलता र प्रतिबद्धताले आफुलाई सन्तुष्टी मिलेको बताउदै सिकेका सीपहरु बालबालिकासम्म पुगेर कक्षाकोठामा त्यसको प्रभाव परेपछि मात्र तालिम सफल भएको मानिने बताउदै तालिमको प्रभावकारीताको लागि रीड तथा गाउँपालिकाबाट सयुक्त अनुगमन गरिने बताउनु भयो ।भबिस्यका कर्णधारको जिम्मेवारी तपाइको हातमा भएको भन्दै आफ्नो पेशा प्रति गौरव गर्न आग्रह गर्नु भयो ।तालिम समापनमा बोल्दै रीड नेपालका फिल्ड प्रवन्धक देभराज खत्रीले प्रारम्भिक बाल विकास कक्षा अति नै महत्त्वपूर्ण रहेकोले तपाइहरुले १०दिनमा धेरै सिपहरु सिक्नु भएको छ उक्त सिपहरु बालबालिकामा पुर्याउन आग्रह गर्नु भयो ।
तालिममा गाउँपालिकाका ३७ विद्यालयका ३७ जना शिक्षकहरुको सहभागिता रहेको थियो। तालिमको सहजीकरण डा. मीनाक्षी दाहाल र मीना ढुङ्गानाले गर्नु भएको थियो ।