विश्व रेडियो दिवसको अवसरमा जयपृथ्वी एफएम नेटवर्क द्धारा अपांग भवन निर्माणका लागि आर्थिक सहयोग

बझाङ ; विश्व रेडियो दिवसको अवसरमा जयपृथ्वी एफ एम नेटवर्क बझाङले अपांग भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । सोमबार विश्व रेडियो दिवसको अवसर पार्दै बुंगल नरपालिकाको झापामा ५० लाख लागतमा बझाङ जिल्लाभरीका अपांग अटाउने अत्याधुनिक सेवा सहितको भवन निर्माणका लागि निमार्ण अभियानमा अध्यक्ष गोपाल धामी र सदस्य रामबहादुर बोहरालाई आर्थिक सहयोग गर्दै अपांगहरुका समस्या , हकहित तथा वर्तमान अबस्थाका बारेमा उनिहरुका कुराहरु समेत समेटीएको जयपृथ्वी एफ एम नेटवर्कका अध्यक्ष प्रताप ओलीले बताए ।

अपांगहरुको अधिकार , समस्या , हकहित बारेमा बोल्ने प्रभावकारी माध्यम रेडियो भएकोले रेडियोले आफ्ना समस्याहरु उजागरण गर्ने कुरामा आफु विश्वस्त गरेको अपांगहरुका अध्यक्ष गोपाल धामीले बताउनु भयो ।

janahit ma jari sandesh
Masta R.M
Loading...