सुर्मा गाउँपालिकाले रोजगार सहायकको विज्ञापन खुलाएको ६महिना सम्मपनि कर्मचारी भर्नागर्न सकेन

सुरेश धामी ,बझाङ । सुर्मा गाउँपालिकाले रोजगार सहायकको विज्ञापन खुलाएको ६ महिना बितिसक्दा पनि कर्मचारी भर्ना गर्न सकेको छैन । श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमकोको पत्र अनुसार गाउँपालिकाले साउन १ गते रोजगार सहायक करारमा पदपुर्ती सम्बन्धी सुचना निकालेको थियो । उत्त सुचना प्रकाशित भएको ६ महिना बितिक्दा समेत गाउँलिकाले कुनैपनि सुनुवाई गरेको स्थानिय दिनेश बोहराले जानकारी दिए ।

स्थानीय तहमा प्राबिधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ मा परिच्छेद १ को दफा ५ को उपदफा १ बमोजिम सूचनामा तोकिएको म्याद भित्र प्राप्त हुन आएका आवेदन मध्येबाट पदपूर्ति समितिले म्याद समाप्त भएको मितिले १० दिन भित्र योग्य ठहरीएका आवेदकहरु मध्येबाट उपलब्ध भएमा १० जना र नभएमा उपलब्ध संख्याका उम्मेदवारको प्रारम्भिक योग्यताक्रम सूचि प्रकाशन गर्नुपर्ने भनीएको भएपनि कर्मचारी र प्रतिनिधिकाको लापरबाहीले ६ महिना सम्म पनि कर्मचारी भर्ना गर्न नसिएको स्थानिएकोे आरोप छ ।

लामो समय सम्म पनि रोजगार सहायक भर्ना गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका अन्य सेवा प्रवाहमा समस्या भएको छ ।
यस बिषयमा गाउँपालिकाका कार्यकारी अधिकृत चक्रप्रसाद जोशीले भने गाँउपालिकामा बजेट अभाव भएका कारण तलब खुवान सकिने अवस्था नरहेकाले कर्मचारी भर्ना रोकेको बताउनुभयो । उहाँले गाँउपालिकामा बजेटको अभावकै कारण अन्य करारका कर्मचारीहरुलाई पनि हटाउन लागेको बताउदै तत्काल रोजगार सहायक पदमा पदपुर्ती गर्न नसकिने बताउनु भयो ।

Loading...