सुरेश धामी, बझाङ । बुङ्गल नगरपालिकाको जेसिबी १ महिना देखि सडकमा अलपत्र अवस्थामा रहेकोछ । नगरपालिकाले ग्रामिण भेगका सडकहरु बन्द भएका बेला सडक सफा गर्नका लागि सहज हुने भन्दै खरिद गरेको जेसिवी विग्रिएको एक महिना हुदा सम्म पनि मर्मतमा ध्यान नदिदा सडकमा अलपत्र अवस्थामा रहेकोछ ।
निवर्तमान नगरप्रमुख धन बहादुर बिस्टको कार्यकालमा करिब आधा करोडमा खरिद गरेको उक्त मेसिन पुष अन्तिम साता तिर बुङ्गल नगरपालिका वडा नम्बर ४ स्थित झापा नजिकैको सडकमा बिग्रेको थियो। नगरपालिकाले खरिद गरेको जेसिवी एक महिना देखि सडकमा अलपत्र अवस्थामा रहेकाले मर्मत गर्नुपर्ने भन्दै स्थानियले नगरपालिकालाई दवाव दिएका छन् । यता नगरप्रमुख जयबहादुर धामीले जेसिवीको सामान अन्यन्त्रबाट मगाउनु पर्ने भएकाले केहि समय लागेको र मर्मतका लागि पहल भइरहेको बताउनुभयो ।