खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बुंगल नगरकमिटी अध्यक्षमा धामी चयन

बझाङ ; बझाङको बुङ्गल नगरपालिकामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको गठन गरिएको छ । उक्त महासंघको अध्यक्षमा बुंगल नगरपालिका -३ का समाजसेवी कर्ण बहादुर धामी सर्वसम्मत रुपमा चयन भएका छन् ।

मंगलबार बुंगल नगरपालिकाको बिजगडामा भएको खानेपानी उपभोक्ताहरुको भेलाबाट महासंघको नगर कमिटी अध्यक्षमा धामी सहित उपाअध्यमा गौमती बोहरा ,सचिवमा अर्जुन बोहरा ,कोषाअध्यक्षमा चित्रा सिहँ निर्वरोध चयन भएका हुन । त्यस्तै अन्य ७ जना सदस्य सहिद ११ सदस्यीय महासंघ गठन गरिएको महासंघका जिल्ला प्रतिनिधि शिव बिष्टले बताए ।

उक्त महासंघले नगरपालिका भरिको खानेपानीको अवस्था बुझि सबै जनतालाई स्वस्थ सफा खानेपानीको पहुँचमा पुर्‍याउन पहल गर्ने तथा सरसफाइको बारेमा पनि जानकारी गराइ खानेपानीका कामहरुमा अगुवाइ गर्ने महासंघका नगरकमिटी अध्यक्ष कर्ण धामीले बताए ।

janahit ma jari sandesh
Masta R.M
Loading...