बझाङ ; जिल्लाको बुङगल नगरपालिकामा भारतिय नोटको कारोवारमा ग्राहक ठगिन थालेका छन । बुङ्गलको मुख्य व्यापारिक केन्द्र विजगडामा व्यापारीहरुले भारतिय नोटको कारोवार गर्दा कम मुल्यमा गर्ने गरेको गुनासो बढेको छ । व्यापारीहरुले अब भारतिय नोट नचल्ने र चले पनि कम मुल्यमा चल्ने भन्दै नोटको कारोवार विदेशी विनियम दर भन्दा कम मुल्यमा कारोवार गर्ने गरेको भएपनि स्थानिय सरकार मौन बसेको छ ।
नगरपालिकाको व्यापारिक केन्द्र विजगडा बजारमा अहिले भारतिय रुपैयाको कारोवारमा एकरुपता छैन । व्यापारि अनुसार फरक फरक दर हुने गरेको छ । व्यापारीहरुले भारतिय नोट माथी कालोबजारी गर्ने उदेश्यले कारोवारको मुल्य घटाई जनतालाई सास्ती दिएको स्थानिय रामचन्द्र जोशीले बताउनु भयो । यहाँका व्यापारीले जनता संग कम मुल्यमा सटहि गरेर धनगडी महेन्द्रमा बढी मुल्यमा कारोवार गर्ने हुँदा भ्रम फैलाएर नोटको कारोवार गर्ने गरेको जोशीको भनाई छ । बुङ्गलका अधिकांस स्थानिय ज्याला मजदुरीका लागी भारतको पिथौरागढ, धार्चुला मुन्सारी लगायतका ठाँउमा जाने गर्दछन ।
नेपालमा पनि सहजै भारतिय रुपैया को कारोवार हुने भएकाले आफुले कमाएको पैसा घर सम्म ल्याउने गरेका छन । तर यसरी दुख गरेर कमाएको पैसामा व्यापारीले मनोमानी गर्न थालेपछि स्थानिय समस्यामा परेका हुन ।अहिले बुङ्गलमा १ सय भारतिय रुपैया १ सय ५०, २ सय भारतिय रुपैया ३ सयमा र ५ सय भारतिय रुपैया ६ सयमा कारोबार भईरहेको छ । खाजा खाईसके पछि पैसा तिर्ने बेला आफुले ५ सयको भारतिय नोट दिँदा पसलेले यो नोट कम मुल्यमा चलाउछन नेपाली पैसा दिनु भन्दा आफु छक्क परेको बुङ्गल नगरपालिका वडा नं १ का दान बहादुर बोहराको भनाई छ । केहि दिन अघि सम्म सोहि बजारमा भारतिय नोट विदेशी मुद्रा विनियम दर अनुसार चलिरहेको थियो ।