वित्थडचिरमा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

बझाङ ; बझाङको वित्थडचिर गाउँपालिकामा पालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सुनकुडा माध्यामिक विध्यालयको खेल मैदानमा सुरुभएको प्रतियोगितामा एथलेटिक्स, भलिबल भाला, सडफुट, लम्जम्प र दौडका खेल सन्चालन हुनेछन् । प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले बझाङ जिल्लाको खेलकुद विकासको लागि आफ्नो तर्फबाट हुने सहयोगको लागि सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रमका सभाअध्यक्ष तथा गाउँपालिका अध्यक्ष अमरसिंह महरले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने उहाँको भनाइ थियो । वित्थडचिर गाउँपालिकाका अध्यक्ष अमरसिंह महरको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितका प्रमुख नरबहादुर बोहरा, विशिष्ट अथिति गाउँँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल रहनुभएको थियो ।कार्यक्रममा पालिका भित्रका ६ वटा विध्यालयहरु सहभागि भएका छन् । भलिबलमा आज भएको पहिलो खेलमा सुनकुडा माध्यामिक विध्यालय र भगवती माध्यामिक विध्यालय विच खेल भएको छ ।

उक्त खेलमा सुनकुडा माध्यामिक विध्यालयले पहिलो खेल हात पारेको छ । कथा वाचन तथा सामाग्रि निर्माण सम्वन्धि तालिम सम्पन्न शिक्षकहरुका लागी कथावाचन तथा शिक्षण सामाग्री निर्माण सम्वन्धी ४ दिने तालिम सम्पन्न भएको छ । बझाङको सदरमुकाम चैनपुरमा मंगलबार देखि सुरुभएको तालिम आज सम्पन्न भएको हो । बझाङ जिल्लामा संचालित प्रगतिशिल युवासमाजको आयोजना, जयपृथ्वी नगरपालिकाको समन्वय र वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिएको छ । कार्यक्रममा जयपृथ्वी नगरपालिकाका कार्यक्रम लागु भएका वडाहरु १,६,८,र ११ का गरी १५ विध्यालयका आधारभुत कक्षाका १८ जना शिक्षक सहभागि भएका थिए । प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल प्रमुख अथिति रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रगतिशिल युवासमाजका कार्यकारीनिर्देशक लवराज जोशीले कथाको माध्यामबाट विध्यार्थीहरू छिटोछरितो सिक्ने भएकाले उक्त कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । साथै जोशीले आधारभुत कक्षाका बालबालिकाको शिक्षामा सुधार ल्याउनकालागि संस्थाको तर्फबाट हुने सहयोगका लागिसदैव लागि पर्ने बताउनुभयो । तालिममा सहभागि नारायण माध्यामिक विध्यालयका शिक्षक विष्णु बहादुर सिंहले चार दिनको बसाईमा महत्वपुर्ण कुराहरु सिक्ने अवसर पाएको बताउनुभएको छ । तालिममा सिकेका कुराहरु आ–आफ्नो विध्यालयमा लागू गर्ने समेत तालिममा सहभागि शिक्षकहरुले प्रतिवदता व्यक्ति गरेका छन् । विध्यालयमा बालबालिकालाई भट्याउने तरिकाले पठनपाठन भएकाले अब कथाको माध्यमबाट विध्यार्थीको पठनपाठनमा जोड दिने शिक्षक सिंहले बताउनुभयो ।

बालबालिकाको पढाईमा सुधार गर्ने तालिमको उदेश्य भएकाले स्थानितहले पनि यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीले बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति तथा जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले नगरपालिका भित्र शिक्षामा गर्नुपर्ने परिवर्तन र सुधारमा आफू लागि पर्ने बताउनुभयो । साथै बजालले संस्थाले नगरपालिकामा शिक्षाको क्षेत्रमा मात्रै नभएर भौतिक संरचना निर्माणका कामहरु समेत राम्रो गरेको बताउनुभयो । कार्यक्रमका सहभागिहरुले विध्यार्थीहरु सुनेर भन्दा पनि प्रयोगात्मक रुपमा शैक्षिक सामाग्रीको प्रयोगले बढी बुझ्ने भएकाले तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

Hohel Kananga
Loading...