बझाङमा कथा वाचन तथा सामाग्रि निर्माण सम्वन्धि तालिम सम्पन्न

बझाङ  ; शिक्षकहरुका लागी कथावाचन तथा शिक्षण सामाग्री निर्माण सम्वन्धी ४ दिने तालिम सम्पन्न भएको छ । बझाङको सदरमुकाम चैनपुरमा मंगलबार देखि सुरुभएको तालिम आज सम्पन्न भएको हो । बझाङ जिल्लामा संचालित प्रगतिशिल युवासमाजको आयोजना, जयपृथ्वी नगरपालिकाको समन्वय र वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिएको छ । कार्यक्रममा जयपृथ्वी नगरपालिकाका कार्यक्रम लागु भएका वडाहरु १,६,८,र ११ का गरी १५ विध्यालयका आधारभुत कक्षाका १८ जना शिक्षक सहभागि भएका थिए । प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल प्रमुख अथिति रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रगतिशिल युवासमाजका कार्यकारीनिर्देशक लवराज जोशीले कथाको माध्यामबाट विध्यार्थीहरू छिटोछरितो सिक्ने भएकाले उक्त कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । साथै जोशीले आधारभुत कक्षाका बालबालिकाको शिक्षामा सुधार ल्याउनकालागि संस्थाको तर्फबाट हुने सहयोगका लागिसदैव लागि पर्ने बताउनुभयो ।तालिममा सहभागि नारायण माध्यामिक विध्यालयका शिक्षक विष्णु बहादुर सिंहले चार दिनको बसाईमा महत्वपुर्ण कुराहरु सिक्ने अवसर पाएको बताउनुभएको छ ।

तालिममा सिकेका कुराहरु आ–आफ्नो विध्यालयमा लागू गर्ने समेत तालिममा सहभागि शिक्षकहरुले प्रतिवदता व्यक्ति गरेका छन् । विध्यालयमा बालबालिकालाई भट्याउने तरिकाले पठनपाठन भएकाले अब कथाको माध्यमबाट विध्यार्थीको पठनपाठनमा जोड दिने शिक्षक सिंहले बताउनुभयो ।बालबालिकाको पढाईमा सुधार गर्ने तालिमको उदेश्य भएकाले स्थानितहले पनि यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीले बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति तथा जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले नगरपालिका भित्र शिक्षामा गर्नुपर्ने परिवर्तन र सुधारमा आफू लागि पर्ने बताउनुभयो ।

साथै बजालले संस्थाले नगरपालिकामा शिक्षाको क्षेत्रमा मात्रै नभएर भौतिक संरचना निर्माणका कामहरु समेत राम्रो गरेको बताउनुभयो । कार्यक्रमका सहभागिहरुले विध्यार्थीहरु सुनेर भन्दा पनि प्रयोगात्मक रुपमा शैक्षिक सामाग्रीको प्रयोगले बढी बुझ्ने भएकाले तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

janahit ma jari sandesh
Masta R.M
Loading...