बैतडीमा फेला परेकी महिलाको पहिचान खुल्यो , गरिबीको कारण परिवारमा बिचल्ली

सुरेश धामी १८ माघ , बझाङ ; बैतडीको सतबाँझमा वेवारिसे अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ । उत्त महिला बझाङको केदारस्युँ गाउँपालिका वडा नं ६रोतागडा बस्ने मान सिहँ धामीकी श्रीमती अन्दाजि ३५ वर्षकि धाना धामी रहेको स्थानिय स्वास्थ्यकर्मी कृष्ण बहादुर गुर्धामीले जानकारी दिनुभयो ।

स्पष्ट बोल्न समेत नसक्ने, सानै उमेरमा मानसिक संन्तुलन गुमाएकी ती महिला कहिले कतै त कहिले कतै घुम्ने गरेको उहाँले बताए । उहाँको घरमा बोल्न नसक्ने ४ बर्षको छोरा रहेको छन । श्रीमान पनि मानसिक रोगि रहेको र अहिले गरीबीको कारण केदारस्युँको बागथला बजारमा मागेर कहिले केहि खाएर त कहिले भोक भोकै दिनहरु बिताइ रहेका स्थनिय कमल धामीले बताए । घरको आर्थिक अवस्था कमजोर भएकै कारण अरुको काम गर्दै आएका ती दम्पतीको अहिले बिचल्ली भएको छ ।

उक्त महिला बैतडीको सतबाँझमा वेवारिसे अवस्थामा फेला परेपछि अहिले जिल्ला अस्पताल, बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)मा राखीएको छ । उनि के समस्यामा परेर कहाँबाट आएकी हुन भन्ने थाहा हुन नसकेको जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर थानेश्वर न्यौपानेले बताउनुभयो ।वेवारिसे अवस्थामा जिल्लाको सतबाँझमा फेला परेकी यी महिलालाई प्रहरीले जिल्ला अस्पतालको ओसिएमसीमा पु¥याएको हो ।

Loading...