बझाङ , बैतडीको सतबाँझमा वेवारिसे अवस्थामा फेला परेकी छन । उत्त महिला अहिले जिल्ला अस्पताल, बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)मा रहेकी छन् । उनको अझै सम्म पनि पहिचान खुल्न सकेको छैन् ।
स्पष्ट बोल्न समेत नसक्ने ती महिलाले बझाङ घर बताउने गरेको भएपनि अझै कुन ठाउँकाृ हो भनेर समेत एकीन हुन सकेको छैन् । अहिले महिला जिल्ला अस्पतालको संरक्षणमा भएपनि उनको पहिचान हुन नसक्दा समस्या भएको छ । उनि के समस्यामा परेर कहाँबाट आएकी हुन भन्ने थाहा हुन नसकेको जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर थानेश्वर न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार महिला स्पष्ट रुपमा बोल्न नसक्ने भएकाले समस्या भएको छ । उहाँले भन्नुभयो ‘उहाँको पहिचान भए मानसिक उपचार लगायत कुनै हिंसामा पो परेका हुन कि भन्ने कुरा थाहा पाउन सकिने थियो ।’ वेवारिसे अवस्थामा जिल्लाको सतबाँझमा फेला परेकी यी महिलालाई प्रहरीले जिल्ला अस्पतालको ओसिएमसीमा पु¥याएको हो ।
तस्बिरमा देखिएकी यी महिलालाई चिन्ने जो कोहीले पनि नजिकको प्रहरी अथवा जिल्ला अस्पताल बैतडीको ओसिएमसीको नम्बर ९८५८७८५०३१ मा सम्पर्क गरिदिनहुन समेत अस्पतालले सबैमा आग्रह गरेको छ ।