बझाङको दुर्गाथली गाउँपालिकामा स्थानियको जनश्रमदानबाट काठेपुल निर्माण

Image

बझाङ , दुर्गाथली गाउँपालिकामा स्थानियले जनश्रमदानबाट काठेपुल निर्माण गरेका छन् । दुर्गाथली गाउँपालिका वाड नं ६ चुवाबनको खोलामा स्थानियले जनश्रमदानबाट काठेपुल निर्माण गरेको स्थानिय करन बहादुर जाग्रीले जानकारी दिए ।

गाउँपालिकाले उक्त ठाउँमा आरसीसी पुल निर्माण गर्ने भनेर ५ लाख रुपियाँ विनियोजन गरेको भएपनि वडा अध्यक्षले उक्त योजनालाई अन्यत्र पुल निर्माण गर्ने सम्झौता गरेपछि त्यहाँका स्थानीयले स्थानीय साधन स्रोतको प्रयोग गर्दै श्रमदानबाट काठेपुल निर्माण गरेका हुन। वडा अध्यक्षले उत्त ठाउँमा पुल आवस्यक नरहेको भन्दै पालीकाको निर्णय नै कार्यान्वयन नगरी बजेड अर्कै ठाउँका लागि सम्झौता गरेपछि जनश्रमदान गरि काठेपुल निर्माण गर्नु पर्ने अवस्था सृजना भएको निवर्तमान वडाअध्यक्ष धिरज बहादुर जाग्रीले बताए । आफैले जनश्रमदानबाट पुुल निमार्ण गरेपछि बर्षायाममा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्