Jayaprithvi Municipality

सुर्मा गाउँपालिकाको १२ औं गाउँसभा तथा हिउँदे अधिबेशन सम्पन्न

बझाङ, ; सुर्मा गाउँपालिकाको १२ औं गाउँसभा तथा हिउँदे अधिबेशन सम्पन्न भएको छ । सोमबार गाउँपालिका अध्यक्ष खडक बोहराको अध्यक्षता संचालन भएको १२ औ गाउँसभामा जिल्ला समन्वय समित प्रमुख नरबहादुर बोहरा प्रमुख आथिति रहनुभएको थियो । गाउँसभामा विभिन्न विधेयक माथी छ्लफल गरी विभिन्न ऐन, कानुनको निर्माण गरिएका विधेकहरु समेत पास गरिएका छन् ।

जसमा वन विधेयक २०७९ र भुमी विधेयक २०७९ बहुमतका साथ पारित भएको छ । गाउँ सभामा बोल्दै वडा न ३ का अध्यक्ष सर्जन बोहराले विधेकको प्रभावकारी कार्यन्वयन गर्नका लागि सभासदस्यहरुलाइ आग्रह गर्नुभएको थियो । सभामा गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत चक्र प्रसाद जोशीले कृषि क्षेत्रमा भएका उपलब्धिहरु सार्वजनिक गर्दै किसानको उत्पादनलाई बजारीकरण र ढुवानीका लागि सहयोग गर्दै आएको समेत बताउनुभएको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...