Jayaprithvi Municipality

बझाङमा प्रहरीद्धारा छाउपडी प्रथा न्यूनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

बझाङ, बझाङमा प्रहरीद्धारा छाउपडी प्रथा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरीएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नं. ११ स्थित अस्थायी प्रहरी पोष्ट पुतलिलेको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शिव माध्यमिक बिद्यालय पुतलिलेकमा सोमबार छाउपडी प्रथा न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरीएका अस्थायी प्रहरी पोष्ट पुतलिलेकले जनाएको छ ।

बिद्यालयका प्रधानाध्यापक रमेश बहादुर बोहराको प्रमुख आतिथ्यमा भएको उत्तकार्यक्रममा छाउँपडी प्रथा र अन्य समाजमा हुने सामाजिक विकृती न्यूनिकरण सम्बन्धी जनाकारी गराइएको थियो । उक्त कार्यक्रममा सोहि बिद्यालयका शिक्षक,कक्षा ९ र १० मा अध्ययनरत (छात्र÷छात्रा) लगायत अन्य बिद्यार्थीको सहभागिता रहेको थियो ।

यसैबिच साईपाल गाउँपालिकामा पनि आज मंगलबार सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जबरजस्ती करणी सम्बन्धि सचेतनामुलक कार्यक्रमको सम्पन्न गरीएको छ । प्रहरी चौकी लासीको आयोजनामा साईपाल गाउँपालिका वडा नं.३ काडाँ स्थित काडाँ माध्यमिक बिद्यालयमा वडा नं.३ का वडा अध्यक्ष गोरख बहादुर बोहराको प्रमुख आतिथ्यमा शिक्षक,शिक्षिका,कक्षा ९ र १० मा अध्ययनरत (छात्र÷छात्रा) लगायतको उपस्थितिमा जबरजस्ती करणी सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको प्रहरीले बताएको छ ।

उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक धन सिंह बडालले जबरजस्ती करणी सम्बन्धि विविध कानूनी प्रावधान,न्यूनिकरण र अपनाउनु पर्ने सावधानीको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...