सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले लिए पद तथा गोपनियताको सपथ

बैतडी ; सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन्। सपथ ग्रहणसँगै उनले पदभार ग्रहण गरेका हुन्। प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका छन्।

पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाएका हुन्।बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धि छलफल हुनेछ। भण्डारीले आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

Loading...