Jayaprithvi Municipality

उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी मन्त्री भण्डारीलाई !

बैतडी — उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं प्रभावशाली नेता बैतडीबाट प्रतिनिधीसभा विजयी भएका सांसद दामोदर भण्डारीले पाएका छन् ।

सोमबार राति सत्तारुढ दलहरुबीच वालुवाटारमा भएको मन्त्रालयको बाँडफाँडमा एमालेले उद्योग, वाणिज्य तथा आपूर्तिसहित ८ मन्त्रालय पाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा पहिलो चरणमै मन्त्री भएका भण्डारीको जिम्मेवारी भने हिजोमात्रै एमालेले टुंग्गाएको हो ।

उनले वैतडीबाट २०७० सालमा संविधानसभामा चुनाव जितेर संसदीय यात्रा सुरु गरेका थिए । त्यसपछि उनी २०७३ सालमा केही समय अर्थराज्यमन्त्री समेत भए । वि.सं. २०७४ मा पनि उनी बैतडीबाटै प्रतिनिधीसभामा निर्वाचित भएका थिए । यसपटक गठबन्धनलाई पराजित गर्दै उनले जितमा ह्याट्रिक गरे ।

बैतडीको पाटन—६ मा वि.सं. २०३० बुवा उदयसिंह भण्डारी र आमा कमला भण्डारीका तीन सन्तानमध्ये कार्तिकमा जन्मिएका उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् । वि.सं. २०४६ सालदेखि राजनीतिमा आवद्ध भएका भण्डारी पार्टीभित्रको संगठनमा बलियो पकड भएका नेताका रुपमा चिनिन्छन् । उनी वि.सं. २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष भएका थिए भने त्यसको दुई वर्ष एमाले पार्टीको जिल्ला कमिटीमा आएका थिए ।

वि.सं. २०५४ सालमा बैतडी जिल्ला जिल्ला कमिटी उपसचिव बनेका उनी २०५६ देखि ०६४ सम्म पार्टी जिल्ला सचिव हुँदैं जिल्ला अध्यक्ष बने । वि.सं. २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भए ।

एमाले सुदूरपश्चिमको राजनीतिमा महत्वपूर्ण भूमिका निभाउँदैं आएका भण्डारी नेकपा एमालेको सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत हुन् ।

Durgathali
Bithadchir 2
Jayapirthive MP
Loading...