बझाङबाट प्रदेशसभा सदस्यमा बिजयी भण्डारी सुदूरपश्चिमको सभामुखमा निर्वाचित

Shivashankar

बैतडी ;  माओवादी केन्द्र बझाङबाट प्रदेशसभा सदस्यमा बिजयी भीमबहादुर तेस्रो पटक गरिएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको सभामुखखमा निर्वाचित भएका छन्। मंगलबार ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गरेका छन्। जसमा नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी २९ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका प्रदेश सभा सचिवालयले जनाएको छ।

काँग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन्। यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन। २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन।

३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी थिइन्। सुदूरपश्चिममा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

Hohel Kananga
Loading...