डडेल्धुराको परशुराम मन्दिरमा आइतबार माघी मेला लाग्ने

डडेल्धुरा । डडेल्धुराको परशुराम मन्दिरमा आइतबार माघी मेला लाग्ने भएको छ । डडेल्धुरा सदरमुकामबाट करिब १ सय किलोमिटर दूरीमा रहेको महाकाली नदीय तटमा अवस्थित हिन्दुहरुको प्रसिद्ध धार्मिक स्थल परशुराम मन्दिरमा आज शनिबारदेखि नै चहलपहल बढेको हो । आइतबार अथवा माघेसंक्रान्तिका दिन बिहान स्नान गरेर दिनभरी मेला हुने गर्दछ ।

हैयेयवंशी क्षेत्रीयहरुले पिता जगदग्नीको हत्या गरी कामधेनु गाई अपहरण गरेको र आततायी क्षेत्रीयहरुको अत्याचार कम गर्न क्षेत्रीय विनाश गरेको एकै पटक पृथ्वीको परिक्रमा गरी पृथ्वीलाई क्षेत्री विहीन गरेपछि भगवान विष्णुको छैटौं अवतार मानिने परशुरामले सर्यू अथवा श्यामा महाकाली नदीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको संस्कृतिविद्को भनाइ छ ।

महाँकालको जटावाट निस्केको मन्दाकिनी महाकाली नदीमा स्नान गर्नाले गङ्गा स्नानको भन्दा दश गुणा बढी पुण्य प्राप्त हुनेछ । साथै परशुराम धार्मिक स्थलमा स्नान र तर्पण गर्नाले १ सय कुल विष्णु लोक जाने तीन लोकमा अति नै पवित्र धार्मिक स्थलको रुपमा मानिने भएकाले यहाँ सुदूरपश्चिमका ९ वटा जिल्ला लगायत भारतको उत्तराखण्डका विभिन्न स्थानबाट स्नान गर्ने भक्तजनहरु आउने गर्दछन् ।

पछिल्लो समय परशुराम नगरपालिकाको तर्फबाट यस क्षेत्रको प्रचारप्रसारका लागि धार्मिक स्थल परिसरमा परशुराम भगवानको विशाल मूर्ति निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरू समेत वृद्धि भएका छन् ।

Hohel Kananga
Loading...