कालंगा हाइड्रो अन्तरगत सुनकुडा–बलाच १३२ केभी विद्युत प्रसारण लाइन परिक्षण गरिदै

सम्बन्धित सबैलाई सचेत रहन आग्रह

बझाङ । कालंगा हाइड्रो लिमिटेड अन्तरगत सुनकुडा–बलाच १३२ केभी प्रसारण लाइनको परिक्षणका रुपमा सोमबार देखि विद्युत प्रवाह गरिने भएको छ । बुंगल नगरपालिका र वित्थडचिर गाँउपालिका अन्र्तगत निमार्ण सम्पन्न भएको आयोजनाले आज बाट १५ मेगावाट विधुत उत्पादन गरी १३२ केभी प्रसारण लाईमा जोडिएको छ ।

वित्थडचिर गाँउपालिका वडा नं ८ रुपैल बाट चमेलिया जलविधुत आयोजनाको सव स्टेशन सम्म १३२ केभी प्रसारण लाईनमा विधुत पठाई परिक्षण सुरु गरिने आयोजना कार्यालयका प्रबन्धक वसन्तराज राउतले बताए । आयोजनाले १३२ केभी प्रसारण लाईन चमेलियामा जोडेकाले सोमबार देखि परीक्षण (टेष्टिङ) प्रयोजनको लागि विद्युत प्रवाह हुने भएकाले त्यसमा सचेत रहन प्राधिकरणले अनुरोध गरेको छ । उक्त क्षेत्रको विद्युतीय तार, पोल, स्टे आदिमा चढ्ने, तार छुने कार्य नगर्न र नगराउन हुन कालंगा हाइड्रो लिमिटेडले अनुरोध गरेको हो ।प्रसारण लाईनको टावर भएको ठाँउवरपर आवतजावत नगर्न पनि सबैलाई जानकारी गराएको छ ।

बुंगल क्षेत्रमा निमार्णाधिन माथिल्लो कालंगा जलविधुत आयोजना, सानीगाड जलविधुत आयोजना पनि परिक्षण उत्पादनको तयारीमा रहेका छन ।२०७३ सालबाट निमार्ण सुरु गरिएको आयोजनाले चाँडै अन्य आयोजनाको पनि परिक्षण उत्पादन सुरु गर्ने तयारीमा रहेको आयोजनाका संचालक विरेन्द्र मल्लले बताउनु भयो । यो आयोजना सुदुरपश्चिममा अहिले सम्मको निजी क्षेत्रबाट निर्माण भएको सबैभन्दा ठुलो जलविद्युत आयोजना भएको बताइएको छ ।

Loading...