महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जोशीले दिइन् वडाध्यक्ष थापालाई गालामा हान्ने धम्की !

बझाङ । महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशीले वडाध्यक्ष थापालाई गालामा हान्ने धम्की दिएकी छन् । जयपथ्वी नगरपालिका ११ का वडा अध्यक्ष सर्जन थापालाई महिला अधिकार मञ्चकी अध्यक्ष जोशीले फोनमा धम्की दिएकी हुन् ।

जयपृथ्वी नगरपालिकाबाट आर्थिक वर्ष २०७९÷८० मा महिला हिंसा न्युनिकरणका लागी विनियोजन भएको बजेट मार्फत महिला अधिकार मञ्चले विभिन्न कार्यक्रम गर्ने जिम्मा पाएको थियो । सोही कार्यक्रम अन्र्तगत रहेर जयपृथ्वी नगरपालिका वडा नं. ११ मा कार्यक्रम गर्दा वडाका जनप्रतिनिधीहरुलाई कुनै जानकारी नगराएको र कार्यक्रमको बारेमा जानकारी लिन खोज्दा आफुमाथी धम्की आएको वडाध्यक्ष थापाले बताए । ‘वडाका जनप्रतिनिधीलाई जानकारी नगराएर नै कार्यक्रम संञ्चालन गरेको आफुले थाह पाएपछी मैले जोशीलाई फोन गरेर कार्यक्रमको बारेमा जानकारी लिन खोजेको र उल्टै आफुलाई तिमिलाई के चाहियो भनेर मलाई जवाफ फकाइन्,’ थापाले भने, ‘आफ्नो जानकारी विना नै वडामा कार्यक्रम गरिएको र सो को भुक्तानी नगर्न नगरपालिकामा भनेका कारण नगरपालिकाले भुक्तानी नदिदाँ जोशीले गालामा हान्ने धम्की दिएकी छिन् ।’

जोशीले नगरपालिकाको वजेटबाट कार्यक्रम गर्दा वडाका जनप्रतिनिधीहरु सँग समन्वय गर्नु पर्ने हो । तर जोशीले कुनै जानकारी नै नगराएर कार्यक्रम संञ्चालन गरेकी रहिछन्,’ थापाले भने ‘उल्टै फोन गरेर नगरपालिकाबाट आफुले बजेट हाल्न लगाएको र तिमीले वजेट दिएको हो र ? भनेर थर्काएकी छिन् ।’

जोशी अध्यक्ष रहेको महिला अधिकार मञ्चले जयपृथ्वी नगरपालिकाबाट विनियोजित २ लाख बजेटले जयपृथ्वी नगरपालिका वडा नं. ११ मा महिला हिंसा न्युनिकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रम संञ्चालन गरेको थियो । सो कार्यक्रमको बारेमा आफुलाई कुनै जानकारी नगराएको वडा नं. ११ का स्थानीय महिलाहरुले गुनासो गरेका छन् ।

यता महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले आफुले धम्कीपूर्ण भाषा नभई पारिवारिक सम्बन्धका कारण मजाकमा उक्त शब्द भनेको बताएकी छन् । कार्यक्रम संञ्चालन गर्दा वडाका अध्यक्षलाई उपस्थित गराउने कुनै मापदण्ड नभएका कारण वडाध्यक्षलाई जानकारी नै नगराएर कार्यक्रम गरिएको बताइन् । वडाध्यक्षले नगरपालिकामा निकासाका लागी रकम रोकिदिएका कारण आफुले फोनमा रकम नरोकिदिन आग्रशह गरेको जोशीले बताइन् ।

Samajik
Bithadchir 2
Loading...