Jayaprithvi Municipality

न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट एमाले अध्यक्ष ओलीलाई बुझाइयो

काठमाण्डौ – कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट एमालेका अध्यक्ष तथा न्यूनतम साझा कार्यक्रम निर्माणका संयोजक केपी शर्मा ओलीलाई बुझाएको छ।

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न बनेको कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओलीलाई ड्राफ्ट हस्तान्तरण गर्नुभएको हो । बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत पनि उपस्थित हुनुहुन्थ्यो ।

शीर्ष नेताहरुले आवश्यकताअनुसार परिमार्जन गरेपछि सार्वजनिक गरिने कार्यदलले जनाएको छ । सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदामा सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेदेखि दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

Durgathali
Bithadchir 2
Jayapirthive MP
Loading...