दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता !

दार्चुला – दार्चुलामा तुइनबाट खसेर एक जना बालक बेपत्ता भएका छन् । व्यास गाउँपालिका वडा नम्बर ४ डोकटमा रहेको कौनेणी तुइनबाट खसेर स्थानीय १० वर्षका बालक दीपेन्द्र बिष्ट बेपत्ता भएका हुन् ।घाँस काट्न भारतीय भूमीतर्फ गएकी आमासँगै गएका बालक तुइनबाट खसेका व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभयो ।

घटना गएको बिहिबार नै भएको भए पनि सञ्चार सुविधा नभएकोले आज मात्रै थाहा भएको उहाँले बताउनुभयो ।उपाध्यक्ष कुँवरले भन्नुभयो ‘त्यहाँ स्थायी तुइन छैन, स्थानीयले भारत तर्फबाट घाँस ल्याउन सिजनमा तुइन राख्ने गरेका छन् ।, घाँस काट्न गएकी आमासँग पछ्याउँदै गएका बालक नदीमा खसेका परिवारले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे औपचारिक जानकारी नआएको बताएको छ । बिहिबार भएको घटनाबारे आज मात्रै थाहा पाएपछि बुझ्नको लागि घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । हराइरहेका बालक ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेका थिए ।

Bungal Purai
Bithadchir 2
Loading...