स्ववियु चुनाव चैत ५ मा गर्ने त्रिभुवन विद्यार्थी कल्याण परिषद्को निर्णय

Image

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते निर्णय गरेको छ । आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपालप्रेसलाई बताए । भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ । उक्त बैठकले निर्णय अनुमोदन गर्नेछ ।

निर्वाचन सम्बन्धी कार्यक्रम एकसाताभित्रमा सार्वजनिक गर्न लागेको उनले बताए । उनले भने,’कार्यकारी परिषद्ले चुनावको मिति फिक्स गरेर समिति गठन गरेपछि बल्ल तालिका सार्वजनिक हुन्छ । एकहप्ता जति लाग्छ तालिका सार्वजनिक हुन्छ ।’ २०६५ देखि नियमित हुन सकेको थिएन । १४ वर्षपछि हुन लागेको चुनावले १४ वर्षपछि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन