बझाङ – बुगंल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले एक महिनामा भित्रै बुंगल नगरपालिकामा आकस्मिक स्वास्थ्यसेवा संचालनमा ल्याउने बताएका छन् । नगरपालिका क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल नहुदा सामान्य चेकजाँचको लागिपनि नगरपालिका बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बुंगलबासीको सहजताका लागि बिजगडामा आकस्मिक स्वास्थ्यसेवा संञ्चालनमा ल्याउन लागिएको उहाले बताए ।
उनले भने , सामान्य बिरामी हुदा तथा एउटा एक्सरे , भिडियो एक्सरे, दिशापिसाब चेकजाँच, रगत जाँच गर्न पनि धेरै खर्च गरेर बाहिर जानु पर्ने समस्याको रहेको छ , ‘समाधानको लागि आफुले कार्यपालिकाबाट निर्णय गरी बजेट बिनियोजित गरी बिज्ञापन समेत भैसकेको र एक महिनामा भित्र सेवा संचालनमा ल्याइने उहाँको भनाइछ ।
आकस्मिक स्वास्थ्यसेवा संचालनमा आएपछि भिडियो एक्सरे, दिशापिसाब चेकजाँच, रगत जाँच ,खकार जाँच लगायतका अन्य स्वास्थ्य सेवाहरु प्रदान गरीने बुंगल नगरपालिकाका जन स्वास्थ्य निरिक्षक नरेश कुवरले बताए ।