कञ्चनपुर –कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम सुरु गरेको छ । पुस १५ मा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।
समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी हुन् । समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डाक्टर राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए ।
२०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मलाको हत्या भएको थियो ।