दुर्गा माध्यामिक विद्यालय सिमालीले मनायो ४६ औँ बार्षिकोत्सव !

बझाङ – बझाङको दुर्गा माध्यामिक विद्यालय सिमालीले ४६ औँ बार्षिकोत्सव तथा अविभावक दिवस मनाएको छ । जिल्लाको बुङ्गल नगरपालिका— ६ स्थित दुर्गा माध्यमिक बिद्यालयकले ४५ बसन्त पार गरेर ४६ औ वर्षमा प्रवेश गरेको खुसियालिमा विभिन्न साँस्कृतिक कार्यक्रम गरेर ४६ औँ बार्षिकोत्सव तथा अविभावक दिवस बुधबार भव्यताका साथ मनाएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम देवारको सभाध्यक्षता तथा बुङ्गल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापकहरुकोे फोटोमा माल्यार्पण गर्दै विभिन्न साँस्कृतिक कार्यक्रम गरेर ४६ औँ वार्षिकोउत्सव सम्पन्न भएको विद्यालयका शिक्षक कमल धामीले जानकारी दिए ।यस्तै वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक हिक्मत बहादुर ऐडीले आयव्य सहितको विद्यालयको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गर्नु गरेका छन् । कार्यक्रममा विद्यालय सम्म सडकको निर्माण र अन्य आवस्यक माग राख्दै नगर प्रमुख र नगरउप प्रमुखलाई ज्ञापन पत्र समेत बुझाईएको थियो।

नगरप्रमुख धामीले गुणस्तरीय शिक्षा प्रदान गरी नमुना विद्यालय बनाउनु तर्फ जोड दिनुपर्ने बताउदै प्राबिधिक शिक्षा पढाइ र सडक संजाल निर्माण गर्न आफनो तह र तर्फवाट सकारात्मक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।वार्षिकोत्सव कार्यक्रममा अवसरमा संञ्चालन गरेको विभिन्न कार्यक्रम तथा प्रतियोगितामा बिजेता तथा विद्यालयका उत्कृष्ट गरिब ,जेहेन्दार बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको प्रधानाध्यापक ऐडीले बताए ।

Loading...