जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा देशकै दोस्रो र बझाङ चौथो स्थानमा

बैतडी ; प्राइमरी लेभल हस्पिटलमध्ये जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा देशकै दोस्रो स्थानमा पर्न सफल भएको छ।अस्पतालका प्रमुख डा.दिपेश श्रेष्ठले न्यूनतम सेवा मापदण्डमा ८९ प्रतिशत अंकसहित देशभरमै दोस्रो स्थानमा पर्न सफल भएको जानकारी दिए। यसअघि सुदूरपश्चिममा बैतडी प्रथम स्थानमा रहेको थियो। स्वास्थ्य मन्त्रालय र निक साइमन इन्ष्च्यिुटले गरेको मूल्यांकनमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दो;्÷व् स्थानमा पर्न सफल भएको हो।

विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अंक दिइएको जनाएको छ। प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस र हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा हेर्ने गरिएको छ।दमौली अस्पताल पहिलो स्थानमा रहेको छ। यस्तै जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अंक सहित तेस्रो र बझाङ ८४ प्रतिशत अंक सहित चौथो स्थानमा छ।

नयाँ भवनबाट सेवा दिइरहेको जिल्ला अस्पतालमा अहिले तीन विशेषज्ञसहित आठ चिकित्सकले हाडजोर्नी सम्बन्धी अप्रेशन सहित उपचार सेवा दिइरहेका छन्। एमडीजीपी र एनस्थियोलोष्टि कार्यरत अस्पतालमा भेन्टिलेटर सेवा पनि सञ्चालनमा छ।डा.श्रेष्ठले अस्पतालको सेवा अझै प्रभावकारी बनाउने तर्फ ध्यान जाने बताए।

Loading...