बैतडी ; बैतडीमा सम्पन्न पन्ध्रौँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक एनआरवाइसी ‘ए’ले हात पारेको छ। एनआरवाइसीले गत संस्करणको विजेता कैलपाल क्रिकेट क्लब जर्गलाई ६० रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो। उपाधिसँगै एनआरवासीले २५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता कैलपालले १५ हजार, ट्रफी र मेडलमा चित्त बुझायो।
मंगलबार सम्पन्न फाइनल खेलमा एनआवाइसीले दिएको १३३ रनको विशाल लक्ष्य पन्छाएको कैलपालले निर्धारित १० ओभरमा ९ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो।यसैबीच प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आयोजक एनआरवाइसीका राम चन्द भए। उत्कृष्ट ब्याटर कैलपालका प्रदीप चन्द, उत्कृष्ट बलर एनआरवाइसीका सन्तोष विजले, उदीयमान खेलाडी नानीगाडका किशोर पन्त, उत्कृष्ट किपर नागार्जुन सीमका नरेश चन्द, उत्कृष्ट फिल्डर एनआरवाइसीका भानबहादुर चन्द र उत्कृष्ट क्याच एनआरवाइसीका महेश चन्द चुनिए।
खेलाडीहरूलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द, दशरथचन्द नगरपालिका ११ का वडाध्यक्ष जयदत्त पन्त, नागार्जुन रणसैनी युवा क्लबका अध्यक्ष ताराराम महरलगायतले पुस्कार वितरण गरे। नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा गत शुक्रबारदेखि प्रतियोगिता शुरु भएको थियो।