घाटीरेटी हत्या गरिएकी मायाको परिवारलाई पञ्चेश्वर गाउँपालिकाद्वारा आर्थिक सहयोग

Image

बैतडी , गत मंसिर १३ गते घाटीरेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी माया लुहारको परिवारलाई पञ्चेश्वर गाउँपालिकाले आर्थिक सहयोग गरिएको छ । आज मंगलबार गाउँपालिका उपाध्यक्ष बिना भट्टले मृतक माया लुहारको परिवारलाई २ लाख ५० हजार रुपैयाको चेक हस्तान्त्रण गर्नु भएको हो । यसअघि पनि गाउँपालिकाले घाइते भएकी नेहाको उपचार खर्च बाफत ५० हजार आर्थिक सहयोग गरेको थियो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष बिना भट्ट, केहि वडा अध्यक्ष र कर्मचारीहरुले व्याक्तिगत तर्फबाट ६३ हजार रुपैया समेत पिडित परिवारलाई हस्तान्त्रण गरिएको गाउँपालिका उपाध्यक्ष भट्टले बताइन् ।सशस्त्र प्रहरी समेत रहेका शिवनाथ गाउँपालिका ४ का भरतराम कोलीले माया लुहारको हत्या गरेका थिए भने नेहा लुहारलाई घाटीमा चक्कु प्रहार गरी गम्भिर घाइते बनाएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन