केदारेश्वर माविदुर्गास्थानको ७० औं बार्षिकोत्सव सम्पन्न

बैतडी ; बैतडीको मेलौली नगरपालिका —२ दुर्गा स्थान स्थित केदारेश्वर माध्यामिक विद्यालय दुर्गास्थानको ७० औं बार्षिकोत्सव तथा अविभावक दिवस एक कार्यक्रमका साथ आज विहीबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा मेलौली नगरपालिका —२ का वडा अध्यक्ष कृष्णदत्त भट्ट प्रमुख अतिथी रहेका थिए ।बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त वागले १करोड ७३ लाख ६५ अजार २ सय ४२ आय र १ करोड ५५ लाख १२ हजार ५ सय ८३ व्यय विवरण सहित भौतिक र शैक्षिक वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।

यस्तै हाजिरी जवाफ, भलिबल प्रतियोगिता लगायतका कार्यक्रममा सहभागी भएर उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको प्रधानाध्यापक वागले बताए ।

Loading...