बझाङ ;बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । गाउँपालिका कार्यालय र वडाले यही पुस १४ र १५ गते वडा नम्बर ७ स्थित मजखोरी आधारभूत स्वास्थ्य ईकाइमा शिविरको आयोजना गर्न लागेका हुन् । वडाध्यक्ष विजयबहादुर धामीका अनुसार शिविरमा डा. सुमन अधिकारी, डा. रामलालबहादुर धामी, डा. सुरेन्द्र रोक्का, डा. मनोज कार्कीले स्वास्थ्य परीक्षण गर्नेछन् ।
शिविरमा सबै किसिमका रोगको परामर्श, निःशुल्क भिडियो एक्सरे, निःशुल्क औषधि वितरण, क्षयरोगको खकार चेकजाँच, गर्भवती महिलाको गर्भ परीक्षण तथा भिडियो एक्सरे, एचआइभी, हेपाटाइटीस बी, मधुमेह परीक्षण, पाठेघर खसेका महिलाको चेकजाँचलगायत सेवा प्रदान गरिने वडाध्यक्ष धामीले बताए । उनले सबै वडावासीलाई सेवा लिन आउन पनि आग्रह गरेका छन् ।
‘घर आँगनमै विशेषज्ञ डाक्टरहरूको टोली ल्याएर शिविर सञ्चालन गर्दैछौँ । वडाबासीको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिका र वडाले शिविरको आयोजना गरिरहेको हो । सबै वडाबासीलाई सेवा लिनका लागि आउन आग्रह गर्छु,’ वडाध्यक्ष धामीले भने