सुदूरपश्चिम प्रदेशमा हल्का बर्षाको सम्भावना

बझाङ

सुदूरपश्चिम प्रदेशमा हल्का बर्षाको सम्भावना रहेको छ । मौसममा बद्ली आएसंगै शनिबार हल्का बर्षाको सम्भावना देखिएको हो ।  यस्तै लुम्बिनी प्रदेशमा सामान्य बदलीसँगै हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । तराईका थोरै भू–भागमा हुसु कुहिरो लागेको छ । दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यस्तै राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...